धेरैदिनपछि दुःख गरेर न्यून अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा न्यून अंकको बृद्धि भएको छ ।

निरन्तर ओरालो लागेको सेयर मंगलबार ०.६५ अंकले बढेको हो । नेप्से परिसूचक ११८०।३६ बिन्दुमा छ ।

नेप्सेमा आज १६२ कम्पनीको ९ लाख १५ हजार १ सय ३६ कित्ता सेयर किनबचे हुँदा २१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार बैकिङ,होटल,उत्पादन,वित्त र अन्य समुहको परिसूचक उकालो लागेको छ । भने अन्य समूहको परिसूचक ओरालो लागेको छ ।

लगानीकर्ताहरु अन्यौलमा देखिएको कारण सेयर बजार निरन्तर ओरालो लाग्दै गएको छ ।


क्लिकमान्डु