दोस्रो बजारमा एफपिओको नजिक नेपाल बैंकको सेयर,एफपिओ बिकेन



काठमाडौं । दोस्रो बजारमा नेपाल बैंकको सेयर एफपिओको नजिक आएको छ ।

आइतबार २८४ मा नेपाल बैंकको सेयर मुल्य झरेको थियो । अहिले २८६ पुगेको छ ।
नेपाल बैंकले अंकित मुल्य एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० दरले बिक्री गरेको थियो ।

नियमित रुपमा बिक्री भएमा असार १९ सम्म बिक्री खुल्ला गरिएपनि अन्यन्त न्यून आवेदन नेपाल बैंकको सेयरमा परेको छ ।

अहिलेसम्मको आवेदनको डाटालाई आँकलन गर्दा जम्मा ७ हजार २ सय ३८ जनाले आवेदन बुझाएका छन् ।  यसरी ७ लाख ८३ हजार शुन्य २२ कित्तालाई मात्र आवेदन परेको सिद्दार्थ क्यापीटलले जनाएको छ ।

संस्थागत लगानीकर्तालाई समेत बिक्री खुल्ला गर्दा नेपाल बैंकको एफपिओ बिक्री हुन नसकेको हो । तोकिएको समयमा बिक्री नभएको हुँदा यसको एफपिओ असार ३० सम्म बिक्री हुने छ ।


क्लिकमान्डु