नेप्से परिसूचक ४.८२ अंकले घट्यो, २० करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८२ अंकले घटेको छ । परिसूचक ०.४१ प्रतिशतले घट्दा ११७९.७१ विन्दुमा पुगेको हो ।
आज १ सय ५९ कम्पनीका ६ लाख ७२ हजार १ सय ३ कित्ता सेयर खरिद बिक्री भएको छ ।
समग्र नेप्सेमा २० करोड ४५ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंककिङ समूह ५.३४, जलविद्युत समूह १३.५९, वित्त समूह ३.०४, बीमा समूह २१.४४, उत्पादन मूलक समूह ०.१३, लघुवित्त समूह ५.२४ र अन्य समूह १.२१ अंकले घटेका हुन् ।
यस्तै होटल समूह २.२३ र विकास बैंक समूह ३.७५ अंकले बढेका छन् ।
आज ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै कारोबार गरेको छ । बैंकले १ करोड ७५ लाख बढीको टर्नओभर गरेको हो ।
उन्नती माईक्रो फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताहरुले ६.०१ प्रतिशतले कमाई गरेका छन् । राइरङ हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीका लगानीकर्ताहरुले ७.३० प्रतिशतले गुमाएका छन् ।
केही समय यता नेप्से परिसूचक लगातार घट्ने क्रममा नै रहेको छ ।