नेपाल बैंकको एफपिओमा लगानीकर्ता अनिच्छुक अहिलेसम्म १४ करोडको मात्र आवेदन



काठमाडौं । गत शुक्रबारदेखि बिक्री खुल्ला भएको नेपाल बैंकको थप सार्वजनिक निष्कासन(एफपिओ)मा लगानीकर्ताको आकर्षण देखिएको छैन ।

निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापिटलका अनुसार अहिलेसम्म ४ हजार ३६ जनाले ५ लाख १ हजार ३ सय कित्ता सेयर आवेदनका लागि निवेदन दिएका छन् ।
यस आधारमा १४ करोड ३६ लाख ४० हजार रुपैयाँ एफपिओको लागि मात्र आवेदन भएको देखिन्छ ।

नेपाल बैंकले अंकित मुल्य एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम थपेर २८० रुपैयाँको दरले १ करोड ७६ लाख कित्ता एफपिओ निष्कासन गरेको थियो ।

बैंकले शुक्रबारदेखि निष्कासन गरेको एफपिओ असार १९ सम्म खुल्ला हुने छ । बिक्री नभएमा असार ३० सम्म बिक्री खुल्ला हुने बैंकले जनाएको छ ।


क्लिकमान्डु