नेप्सेमा थपियो यी कम्पनीको बोनस र हकप्रद सेयर
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) आज विभिन्न कम्पनीको बोनस तथा हकप्रद सेयरहरु सूचिकृत भएको छ ।
कर्णाली डेभलेपमण्ट बैंकको १ लाख २० हजार ८ सय कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस्तै ओम डेभलपमेन्ट बैंकको ३७ लाख ८१ हजार ७३ कित्ता बोनस बोनस सेयर सूचिकृत भएको छ ।
सुर्योदय लघुवित्त वित्तीय संस्थाको २ लाख ८० हजार कित्ता हकप्रद सेयर सुचीकृत भएको छ । देव विकास बैंकको ६५ लाख ३३ हजार १ सय ८.५९ कित्ता हकप्रद सेयर सुचीकृत भएको छ । मञ्जुश्री फाईनान्सको ३ लाख ६२ हजार १ सय ९० कित्ता हकप्रद सेयर सुचीकृत भएको छ ।