नेप्से परिसूचक १४ अंकले घट्यो, २० करोडपनि पुगेन कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले निरन्तरता पाएको छ । नेप्से परिसूचक १४.०१ अङ्कले घटेको हो । १.१७ प्रतिशतले घट्दा नेप्से १ हजार १ सय ८४ दशमलव ५३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा आज १५८ कम्पनीले कारोबार गरेका छन् । ६ लाख १९ हजार ७ सय ४१ कित्ता शेयर किनबेच हुदाँ १९ करोड ७२ लाख ६२ हजार ६ सय ११ रुपैंयाको कारोबार भएको छ ।
बैंक १२.१४, होटल १८.६४, विकास बैंक २०.१४, जलविद्युत १५.७, वित्तीय ६.१६, बीमा समूह ८९.०३, उत्पादनमूलक ६.९९, अन्य ३.४६, माईक्रोफाईनान्स २५.७४ अङ्कले घटेका छन् ।
आरम्भ माईक्रो फाईनान्स वित्तीय संस्थानका लगानीकर्ताले ५.८८ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यस्तै, तिनाउ डेभलपमेण्ट बैंकका लगानीकर्ताले ५.७१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।