आइएमई पे र टुटलबीच सम्झौता



काठमाण्डौ । टुटलका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शुल्क अबदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

टुटल सेवा मार्फत सम्पर्कमा आउने यात्रु एवम् चालकहरुले कुनैपनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शुल्क संकलन तथा भुक्तान गर्न सक्ने बताइएको छ ।

सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका तर्फबाट संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु