एनआईसी एशिया बैंकले एकैपटक खोल्यो १४ शाखा



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत १४ स्थानमा शाखा खोलेको छ ।

बैंकले एकैपटक १४ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टर खोलेको हो ।
बैंकले बुटवलको राजमार्ग चौराह,राम मन्दिर,भलवारी यस्तै नवलपरासीमा परासी,तौलिहवा, तम्घासमा शाखा खोलेको छ ।

यस्तै, नवलपरासीमा सुनवल, कपिलवस्तुको चन्द्रौटामा शाखा खोलेको छ । रुपन्देहीको लुम्बिनी,ड्राईभरटोल, पकडीमा शाखा खोलेको हो । यस्तै मझगाँवा,लवनी र महारागंजमा एक्सटेन्स काउन्टर खोलेको हो ।


क्लिकमान्डु