नेप्से परिसूचक ०.८८ अंकले घट्यो, २४ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक ०.८८ अंकले घटेको हो । ०.०७ प्रतिशतले घट्दा नेप्से परिसूचक १ हजार १ सय ९८ दशमलव ६४ बिन्दुमा पुगेको छ ।

नेप्सेमा आज १६४ कम्पनीले कारोबार गरेका छन् । ११ लाख ४८ हजार ३ सय ६९ कित्ता सेयर किनबेच हुँदा २४ करोड २९ लाख ८६ हजार ७ सय ३८ रुपैंयाको कारोबार भएको छ ।

बैंक ०.७१, जल विद्युत १.६५, वित्तीय ३.३३ अंकले बढ्ेका छन् । यस्तै, होटल ७.४८, विकास बैंक ३.४३, बीमा समूह १५.६७, उत्पादन मूलक १६.१२, अन्य २.८६ र माईक्रोफाइनान्स ०.४९ अंकले घटेका छन् ।

नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ६.०३ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । यसरी नै रिलायन्स फाइनान्सका लगानीकर्ताले ४ प्रतिशतले सबैभन्दा धेरै घाटा बेहोरेका छन् ।


क्लिकमान्डु