नेपालको आफ्नै पहिलो बाइडबडी ‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो



काठमाडौं । नेपालको पहिलो वाइडबडी ए ३३०-२०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको दुई वटा वाइडबडी जहाहज मध्ये पहिलो जहाज बिहिबार विहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

दोस्रो वाइबडी जहाज भने जुलाई २५ तारिकमा नेपाल आइपुग्ने नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । पहिलो वाइडबडी जहाजको कलसाइन नाइन एन एएलवाई रहेको छ । जहाजको नाम भने अन्नपूर्ण हो ।

पहिलो वाइडबडी जहाज निर्माण भएको फ्रान्सको तुलुजबाट ९ घण्टाको उडान पछि काठमाडौंमा अवतरण गरिएको हो । जहाज तुलुजबाट क्याप्टेन टीआरआई भिन्को टर्मानेट र उडान अधिकृति जाओ सिसर को कमान्डमा आएको हो ।

नेवानिले नेपाल सरकारको ग्यारेन्टीमा जहाज खरिदका लागि आवश्यक रकम सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँ ऋणमा लिएको हो । वाइबडी जहाजको मूल्य प्रतिथान १० करोड ४८ लाख रुपैयाँ परेको छ । काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको जहाजमा २७४ सिट छ । जसमा १८ वटा सांग्रिला क्लास र २५६ वटा साधरण क्लासका सिट छन् ।

जहाजको स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि विमानस्थलमा पुगेका थिए । जहाजको स्वागत गर्दै मन्त्री अधिकारीले यो देशकै खुसी भएको बताए । नेवानिलाई अब अन्तर्राष्ट्रिय उडानमा प्रतिस्पर्धी बनाउँदै विश्व चर्चित एयरलाइन्स कम्पनीको रुपमा चिनाउन आवश्यकता रहेको मन्त्री अधिकारीको भनाइ छ ।

तर, त्यसका लागि भने चुनौति नै चुनौति रहेको उनको भनाइ छ । नेपाल सरकारले २०२० लागि नेपाल भ्रमण वर्षको रुपमा बनाउन लागि रहेको अवस्थामा नयाँ जहाजको आगमन कोशेढुंगा समेत भएको मन्त्री अधिकारीको भनाइ छ ।

यो सँगै नेवानिलाई अन्तर्राष्ट्रिय उडानमा बजार विस्तार गर्न आवश्यक दुई एयरबस खरिदमा समेत मन्धालयले सैदान्तिक सहमति दिइसकेको अधिकारीले जानकारी दिए । जति सक्नुहुन्छ उड्नुहोस । आकाश खाली छ । तर , नेवानि माथि शंका छ । प्रभावकारी रुपबाट अगाडि बढ्नु होस । यो नै नेवानिको पहिलो परीक्षा हो, मन्त्री अधिकारीले भने ।

नयाँ जहाजको आगमन नै नेपालको हवाई इतिहासको टर्निङ विन्दु भएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । नेवानि पनि अब नयाँ ढंगबाट अगाडि बढ्नु पर्छ । हामी माथी हरेक उडानको २७४ सिट भर्नु पर्नेए चुनौति थपिएको छ । नत्र जहा खरिदका लागि लिइएको रकम चुक्ता गर्नसमेत असहज हुन्छ, कंसाकारले भने ।

पहिलो व्यवसायी उडान कतारबाट

नेपाल वायुसेवा निगमले पहिलो वाइबडी जहाजको व्यवसायी उडान कतारको दोहाबाट सुरु गर्ने भएको छ । नेवानिका अनुसार पहिलो उडान अगस्ट एक बाट हुने उनलेजानकारी दिए । त्यसपछि भने नेवानिले क्रमश जापान, दक्षिण कोरिया, साउदी अरबको रियादमा उडान गर्ने उनको भनाइ छ ।

नयाँ वाइबडी आएसँगै र अब आउने अर्को वाइडबडी जहाज पनि नेवानिसँग अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा जहाज हुने छ । जसमा दुई वटा एयरबस, दुई वटा वाइडबडी र एउटा बोइङ जहाज छ ।


क्लिकमान्डु