डडेलधुरामा महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क आँखा शिविर



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको डडेलधुरा शाखाले अमरगढी नगरपालिका वडा नं ५ ,बागबजार, डडेलधुरा स्थित बैंक कै भवनमा असार ११ गते गीता आँखा अस्पतालको समन्वयमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

शिविरमा २ सय १० जनाको आँखा परीक्षण गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । आँखाको सामान्य समस्यालाई ध्यान नदिँदा त्यसले जटिल समस्या निम्त्याउने कुरालाई प्रस्ट पार्दै बैंकका शाखा प्रबन्धक पहलमान ठकुल्लाले समयमा नै आँखा परीक्षण गर्नुपर्ने कुरालाई जोड दिएका थिए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने बैंकले बिज्ञप्ति मार्फत प्रतिबद्घता जनाएको छ ।


क्लिकमान्डु