नेप्से परिसूचकमा १५.२९ अंकले गिरावट, २३ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज गिरावट आएको छ । नेप्से परिसूचक १५.२९ अंकले घटेको हो । १.२६ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९४.८० बिन्दुमा पुगेको छ ।

आज १ सय ६० कम्पनीले सेयर खरिद बिक्री गरेका छन् । ६ लाख २१ हजार ७ सय ९६ कित्ता सेयर किनबेच हुँदा २३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंक १२.७३, होटल ५२.०२, विकास बैंक १४.७२, जलविद्युत ११.०८, वित्तीय ५.२८, बीमा समूह ७८.०७, उत्पादनमूलक ५०.९३, अन्य ५.३१ र माईक्रोफाइनान्सको ३२.१७ अंकले घट्ेका छन् ।

आरम्भ माईक्रोफाइनान्स वित्तीय संस्थानका लगानीकर्ताले ४.७९ प्रतिशतले सबैभन्दा धेरै कमाई गरेका छन् । साथै, सप्तकोशी विकास बैंकका लगानीकर्ताले ७.३७ प्रतिशतले सबैभन्दा धेरै गुमाएका छन् ।


क्लिकमान्डु