काठमाडौं-नेपालथोक-सिन्धुली-बर्दिबास पनि रेलमार्गले जोड्ने ओलीको घोषणा



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीनबाट केरुङ हुँदै काठमाडौं आउने मात्रै नभइ नोपलमाभित्रका अन्य ठाउँहरुमा पनि रेल बनउने विषय उत्तिकै महत्वका साथ अघि बढाइने बताएका छन् ।

चीनबाट फर्केपछि एबीसी टेलिभिजनसँग अन्तर्वार्ता दिँदै ओलीले काठमाडौं–नेपालथोक–सिन्धुली–बर्दिबास पनि रेलमार्गले जोडिने बताए ।

‘काठमाडौंलाई तराइसँग जोड्न काठमाडौंबाट नेपालथोक हुँदै सिन्धुली निस्केर बर्दिबास पुग्ने रेल पनि बनाउनुपर्छ, भन्ने मेरो योजना हो, त्यहाँ एउटा सुरुंग बनाउनुपर्छ,’ ओलीले भने ।


पुष्प दुलाल