काठमाडौंका कुन ठाउँमा पार्किङ गर्दा कति शुल्क तिर्नुपर्छ ? (सूचिसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाका आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक क्षेत्रमा सवारीसाधन पार्किङ गर्दा पैसा उठाउने भएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले आइतबार सार्वजानिक गरेको बजेटमा विभिन्न क्षेत्र नै तोकेर पार्किङ शुल्क तोकिएको छ । महानगरको आर्थिक ऐन २०७५/७६ मा सवारी साधन र्पाकि गरेबापत प्रतिघन्टा १५ देखि १०० रुपैयाँसम्म शुल्क उठाउने उल्लेख छ ।

महानगर क्षेत्रभित्र पार्किङ गरिने सवारी साधनको प्रकृति अनुसार पार्किङ शुल्क उठाइनेछ ।

गत वर्ष पनि महानगरले पार्किङ शुल्क तोकेको थियो । तर, चौतर्फी विवाद भएपछि महानगरले कार्यान्वयनमा ल्याउन सकेको थिएन ।

त्यसअघि भने २०५६/५७ मा पारित आर्थिक ऐन न्युनत ५ रुपैयाँदेखि अधिकतम १५ रुपैयाँसम्म पार्किङ शुल्क उठाउन व्यवस्था गरिएको थियो ।

तर पछिल्लो समय महानगरकाले पार्किङ शुल्कमा कडाई गरेको थिएन । अब भने काठमाडौं महानगरभित्र पार्किङ क्षेत्र छुट्याएर पार्किङ शुल्क उठाउने भएको हो ।


पुष्प दुलाल