पोखरामा चार करोडको लागतमा क्षेत्रीय तालीम केन्द्र बन्दै



पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३० खुदीमा चार करोडको लागतमा क्षेत्रीयस्तरको तालीम केन्द्र भवन निर्माण गरिने भएको छ ।

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतको लगानीमा दुई वटा सभाहल सहितको तीन तल्ले तालीम भवनको संघीय सभासद् खगराज अधिकारीले शिलान्यास गरेका छन् ।

उनले उपभोक्तालाई शुद्ध खानेपानीको सुविधा पु¥याउन निर्माणाधीन तालीम केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले शहरको सभ्यता खानेपानीसँग जोडिएको बताउँदै पानी शुद्धीकरणका बारेमा उपभोक्तालाई सचेत गराउनुपर्ने बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष विष्णु बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा मुरारी शर्मा र हरिप्रसाद लामिछानेले तालीम भवनका बारेमा प्रकाश पार्नुभएको थियो । रासस


क्लिकमान्डु