एकै मिनेटमा मोबाइलमै यसरी हेर्नुहोस् एसइइको रिजल्ट



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा छिटो र सजिलो तरिकाबाट इसेवामा हर्न सकिने भएको छ । परीक्षार्थीहरुले इसेवाको मोबाईल एप्स् र वेवसाइट मार्फत् देशभर रहेका इसेवाका जोन तथा पोइन्टबाट तुरुन्तै सजिलोसँग नतिजा हेर्न सक्ने छन् ।

परिक्षार्थीहरुलाई सहज तरिकाले नतिजा जानकारी गराउन यो सुविधा ल्याएको इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

परीक्षार्थीले इसेवाको मोबाईल एप्लिकेशनबाट रिजल्ट हेर्न सक्नेछन् । यस्तै जततउस्ररचभकगतिक।भकभधब।अयm।लउ लगअन गरेर पनि रिजल्ट हेर्न सकिनेछ । इसेवाले पहिलोपटक एसइइको रिजल्ट हेर्न सकिने व्यवस्था गरको हो ।

मुलुकभर जुनकुनै ठाउँमा भएका विद्यार्थीले घरमै बसेर मोबाइलबाटै पनि रिजल्ट हेर्न सक्ने लामिछानेले बताए ।

‘परिक्षार्थीहरूले इसेवामार्फत् सहजै नतिजा प्राप्त गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिएका हौँ । इसेवाका साथै हाम्रा मुलुकभर रहेका करिब ३५ हजार जोन तथा पोइन्टबाट पनि सहजै रिजल्ट थाहा पाउन सकिन्छ,’ उनले भने ।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुईसय भन्दा बढी सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

हालसम इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाकादेशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोनतथा पोइन्ट)रहेका छन् ।


पुष्प दुलाल