चीन र अमेरिकाबीचको ट्रेड वारमा भारत पनि सामेल



काठमाण्डौ । चीन र अमेरिकाको ट्रेड वारमा अब भारत पनि सामेल भएको छ । अमेरिकाले स्टिल र अलमुनियममा भारी कर लगाउने तयारी गरेसंगै भारतले पनि अमेरिकाबाट आयत गरिने साना कृषि उत्पादनमा २० देखि ९० प्रतिशत कर लगाउने भएको छ ।

भारतले बदाम, ओखर, स्याउ जस्ता उत्पादनमा कर लगाउने भएको हो । भारतले गरेको यस्तो फैसलाका कारण भारतीय साना व्यापारी मारमा पर्ने भएका छन् । भारत ठूलो मात्रामा बदाम खपत गर्ने देश हो । भारतमा खपत हुने बदामको ८० प्रतिशत अमेरिकाबाट आयात हुने गर्छ ।

भारतमा प्रत्येक बर्ष ९० हजार किलो बदाम आयत गर्ने गरिन्छ । अब भारतले अष्ट्रेलिया, स्पेन र अफगानिस्थानबाट बदाम आयात गरेमा खरिद मै १ सय रुपैयाँ धेरै तिर्नुपर्ने देखिएको छ ।

अमेरिकाले स्टिल र अलमुनियम आयातमा लगाएको करले भारतमा पनि असर परेको छ । भारतका धेरैजसो स्टिल तथा अलमुनियम उत्पादक कम्पनीले आफ्नो उत्पादनको ३० देखि ७० प्रतिशत हिसा अमेरिकाबाट आयात गर्ने गर्छन् ।

अमेरिका र चीनको यो ट्रेड वारले सारा विश्वको अर्थतन्त्रलाई असर पर्ने देखिएको छ । चीनले पनि अमेरिकी उत्पादन सोयाविन, पोर्क, कटन, हवाईजहाज, कार र स्टिल पाइपमा कर लगाउने छ । यी दुई देशले एक अर्काका उत्पादनमा कर लगाउँदा संसारभरका उपभोक्ता मारमा पर्ने देखिएको छ ।


क्लिकमान्डु