सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण



सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ थान कम्प्युटर तथा अन्य सामाग्रीहरु बूढानीलकण्ठ नगरपालिका वडा नं ११, जगडोल स्थित श्री जनजागृति माध्यामिक विद्यालयलाई हस्तान्तरण गरेको छ ।

उक्त कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समिति अध्यक्ष त्रिलोचन पौड्याललाई हस्तान्तरण गरे ।

कम्प्युटर हस्तान्तरण समारोहमा विद्यालय ब्यवस्थापन समितीका सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका तथा बैंकका बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । बैंकले यस भन्दा अघि पनि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।


क्लिकमाण्डू