एनआईसी एशियाको लखन्तरीमा शाखारहित बैंकिङ्ग सेवा



काठमाडौं ।  एनआईशी एशिया बैंकले मोरङ्ग जिल्ला, ग्रामथान गाउँपालिकाको लखन्तरीमा एघारौं शाखारहित बैंकिङ्ग सेवा असार ७ गतेबाट संचालनमा ल्याएको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाको उपाध्यक्ष श्रीमती फुल कुमारी चौधरीले गरिन् ।
उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा श्रीमती मनचन चौधरीज्यू लाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।


क्लिकमान्डु