ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा संख्या ९० पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले मिति २०७५ आषाढ ०८ गते शुक्रबार देखि सिराहा जिल्लाको कल्याणपुर नगरपालिका – १२, बेल्हामा आफ्नो ९० औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कल्याणपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले गरे ।

बेल्हाका स्थानिय विजय कुमार शाहलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।


क्लिकमान्डु