शिबम् सिमेन्टले पायो ५३ लाख कित्ता सधारण सेयर निष्काशन गर्ने अनुमति



काठमाडौं । शिबम सिमेन्टले ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शिबम सिमेन्टलाई आयोजना प्रभावित क्षेत्रका बासिन्तादालाई ८ लाख ८० हजारा र आम सर्वसाधारणलाई ४४ लाख कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

शिबम् सिमेन्टले स्थानीयलाई निष्काशन गरेको सेयरको मूल्य प्रतिकित्ता ३ सय र आम सर्वसाधारणका लागि निष्काशन गरेको सेयरको मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ निर्धारण गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डबाट नेपालमै पहिलोपटक उत्पादनशील क्षेत्रले सेयर निष्काशनको अनुमति पाएको हो । शिबमले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने बताइएको छ ।

शिवम् सिमेन्टसको प्रारम्भिक सार्वजनिक निष्काशनबाट उत्पादनशील क्षेत्रका कम्पनीहरु समेत सार्वजनिक निष्काशनमार्फत पूँजी परिचालन गर्न उत्प्रेरित हुने र यसबाट बजारमा उत्पादनशील कम्पनीहरुको प्रभुत्व बढदै जाने बोर्डको विश्वास छ ।

सरकारले बजेट मार्फत धितोपत्र बजारमा सूचिकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीलाई करमा विशेष छुट दिनेव् यवस्था गरेको थियो ।

त्यस्तै १ अर्ब रुपैयाँभन्दा बढी लगानी भएका उत्पादनशीलमूलक उद्योगले अनिवार्यरुपमा साधारण सेयर जारी गर्नुपर्ने बजेटमा उल्लेख छ ।
बजेटले सम्बोधन गर्नुअघि नै शिबम् सिमेन्टले साधारण सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको थियो ।

धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लागु गरी प्रिमियमसहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने व्यवस्था गरेको छ ।


पुष्प दुलाल