केरुङदेखि रसुवागढी हुँदै काठमाडौंसम्म रेल



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज रसुवागढी-केरुङ जोड्न रेलमार्ग निर्माण गर्ने संझौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र चीन सरकारका यातायात मन्त्रधी लि स्याओपिङले हस्ताक्षर गरे ।

गएको कात्तिक महिनामा चिनियाँ रेल वे प्रशासनका उपमन्त्री नेतृत्वको टोलीले केरुङ काठमाण्डौ रेलमार्ग बारे अध्ययन गरेको थियो । चीनले केरुङसम्म २०२० सम्म रेल ल्याउने लक्ष राखेको छ ।

यस्तै, नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा पनि आजै सम्झौता सम्पन्न भएका छन् ।

थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ पनि भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको हो ।

तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम भएको बुझिएको छ ।


क्लिकमान्डु