प्रदेश ३ को २६ सडकको रूट: कहाँ कति सवारी ? (विवरणसहित)



काठमाडौं । सरकारले सार्वजनिक सवारीमा ४० वर्षदेखि सिण्डिकेट गर्दै आएका यातायात समितिको एकाधिकारमा हस्तक्षेपकै लागि सवारी सञ्चालन हुने रूटको अध्ययन थालेको छ । यातायात व्यवस्था विभागले सोही अनुरुप पहिलो चरणमा राजमार्ग तथा सहायक सडकको रूट अध्ययन थालेको छ ।

विभागे अहिलेसम्म प्रदेश नम्बर १, २, ३, ४, र ५ को ६२ वटा राजमार्ग तथा सहायक सडकको रूट अध्ययन गरिसकेको छ । जसमा प्रदेश ३ अन्तर्गतको २६ वटा राजमार्ग तथा सहायक सडकको रुट अध्ययन भएको छ ।

विभागले प्रदेश १ को १५ वटा राजमार्ग र ११ वटा सहायक रोडको रूट अध्ययन गर्दै आवश्यक सवारी, सवारी किसिम र यात्रुको संख्या पनि तत्काल र १५ वर्षसम्मको अनुमान गरेको छ ।

विभागले नौविसे–काठमाडौं, खाडीचौर–बाहविसे–कोडारी, बनेपा–धुलिखेल, काठमाडौं–बनेपा, धुलिखेल–जिरोकिलो, जिरोकिलो–दोलालघाट र दोलालघाट–खाँडीचौरलाई राजमागको रुपमा राखेको छ ।

यसैगरी, मुग्लिन–मलेखु, मलेखु–गल्छी ,गल्छी–नौविसे, मुग्लिन–नारणगढ, खुर्कोट–धुलिखेल, सिन्धुली–खुर्कोट, बर्दिबास–सिन्धुली र खुर्कोट–घुमी सडक खन्डलाई पनि राजमार्गमा समावेश गरेको छ ।

विभागले गरेको रुट अध्ययनमाकाठमाडौं–पिपलटार, पिपलटार–धुन्चे, धुन्चे–रसुवागडी, दोलालघाट–चौतारा, मन्थली–तामाकोशी, लामोसाघु–चरिकोट, चरिकोट–तामाकोशी, तामाकोशी–जिरी, मलेखु–धादिङ वेशी, गल्छी–पिपलटार र खुर्कोट–मन्थली सडक खण्ड भने सहायक रोड अन्तर्गत रहेको छ । सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यको घोषणा लगतै सरकारले रूट अध्ययन थालेको थियो ।

रुट अध्ययनमा तत्काल, पाँच, १० र १५ वर्षपछि आवश्यक सवारीको संख्या र सवारीको किसिम समते तय भएको छ विभागले गरेको रूट अध्ययनमा प्रदेश १ मा तत्कालको अवस्थामा २९ सय ६५ वटा ट्रक, दुई हजार ८४ वटा बस र २७ सय २० वटा जिपको आवश्यक पर्न उल्लेख छ ।

यसैगरी, पाँचवर्षपछि ७ हजार ८ सय ८७ बस, ट्रक, जिप तथा माइक्रोका आवश्यक पर्छ भने २०२८ सम्ममा आइपुग्दा ८ हजार ६८ र सन् २०३३ सम्ममा पुग्दा ८ हजार दुइ सय १५ सवारी आवश्यक पर्ने रूट अध्ययन रिपोर्टमा उल्लेख छ ।

यसैगरी, प्रदेश ३ का यी सडकमा तत्कालको अवस्थमा नम्बर ३ मा ४ लाख ३७ हजार आठ सय ५७, यात्रुले प्रत्येक दिन सार्वजनिक यातायात प्रयोग गर्ने अध्ययन रिर्पोटमा उल्लेख छ । यसैगरी सन् २०२३ मा ४ लाख ७७ हजार ३ सय २६, ५ लाख २४ हजार ६ सय ७० र सन् २०३३ मा आइपुग्दा ५ लाख ८० हजार ६ सय ८२ यात्रुले सार्वजनिक यातायातमा यात्रा गर्ने रुट अध्ययन रिपोर्टका उल्लेख छ ।


पुष्प दुलाल