शिखर इस्योरेन्सद्वारा बिधागत प्रायोजन सहित फोटोपत्रकारहरुको बीमा गर्ने



शिखर ईन्सुरेन्स र फोटोपत्रकार क्लबले आइएमइ ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगिता २०७५ को ‘नेपाल स्माईल बिधा’ प्रयोजनका साथै फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा सम्झौता गरेका छन् ।

शिखर ईन्सुरेन्सको कार्पोरेट कार्यलय थापाथलीमा शनिबार आयोजित एक कार्यक्रममा शिखर ईन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

आईएमई ग्लोबल आईएमई नेपाल फोटो प्रतियोगिताको नेपाल स्माईल बिधामा प्रायोजन गरेको शिखर ईन्सुरेन्सले २०७५ सालका लागी फोटोपत्रकारहरुको क्यामेरामा २ लाख , स्वास्थ्यमा २ लाख र दुर्घटनामा ४ लाख गरी जम्मा ८ लाखको बीमा गर्ने सम्झौता गरेको हो । यस बिमा नितिलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने गरेर सम्झौता भएको हो ।

कार्यक्रममा शिखर ईन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले फोटोपत्रकारसँग गरिएको बीमा सम्झौताले नेपाली फोटोपत्रकारीता क्षेत्रमा नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए ।

निरन्तर जोखिम मोलेर फोटोपत्रकारीता गदै आएका फोटोपत्रकारहरुलाई सहयोग गर्नु पाउदा कम्पनीले गौरवान्तित महसुस भएको बताउदै यस बिधाले फोटोपत्रकारहरुले अझै निर्धक्कसाथ आफनो जिम्मेवारी निवार्ह गर्न थप मद्घत गर्ने बताए । यस बिमा अन्तगर्त फोटोपत्रकारहरुको क्यामरा चोरी तथा सफ्टवयेरका बिग्रेको अबस्था बाहेक अन्य (दुर्घटना, हुलदंङ्गा, प्रकृतिक प्रकोप) अबस्थामा क्लबको सिफारिसमा बीमा दाबी गर्न सकिनेछ ।

फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले शिखर ईन्सुरेन्स सँगको सहकार्यले फोटोपत्रकारहरुलाई निर्धक्क साथ आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरको बताए । अन्य मानिसहरु जान नचाहाने ठाउहरुमा समेत नेपाली फोटोपत्रकारहरुले प्राय आफनै उपकरण प्रयोग गदै जिउज्यान तथा उपकरणको समेत जोखिम मोलेरै तस्बिर संकलन तथा संम्प्रेषण गदै आएको अबस्था यस बिमाले फोटोपत्रकारहरु क्षतिको आर्थिक भारबाट मुक्त्त भएको बिचार ब्यक्त गरे ।

शिखर ईन्सुरेन्स र फोटोपत्रकार क्लब बिच भएको सहकार्यलाई लामो समयसम्म निरन्तरता दिने बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले आगामी दिनमा स्वास्थ्य बिमा अन्र्तगत फोटोपत्रकारहरु मात्रै नभई उनीहरुसग आश्रित परिवारको बिमा समेत आपसी सहमतीबाट तय गदै जाने जानकारी दिए ।

फोटो पत्रकार (पिजे) क्लबले नेपाल पर्यटन बोर्डसगकोे सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रयोजनमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरीसकेको छ भने यही असार ६ गते मध्यरातमा १२ बजेसम्ममा प्रतियोगिता सहभागी जनाउन सक्नेछन् ।


क्लिकमान्डु