एनएमबिको एफपिओमा करिब २ अर्बको आवेदन



काठमाडौं । एनएमबि बैंकले निष्कासन गरेको थप सार्वजनिक निष्कासनमा १ अर्ब ८० करोडको आवेदन परेको छ ।

निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले करिब २ अर्बको आवेदन परेको र हिसाब मिलानपछि एकिन तथ्यांक आउने जानकारी दिएको छ । एनएमबिमा ५० प्रतिशतभन्दा बढी एफपिओ बिक्री हुन बाँकी रहेको छ ।

कोषले भोलिदेखि संस्थागत लगानीकर्ताको लागि आवेदन बिक्री खुल्ला गर्ने छ । व्यक्तिगत तर्फ अधिकाश लगानीकर्ताले १० कित्तालाई मात्र आवेदन दिएका छन् ।
एनएमबिले अंकित मुल्य १०० मा २३३ प्रिमियम थपेर प्रतिकित्ता ३३३ मा एफपिओ बिक्री गरेको हो । दोस्रो बजारमा अहिले ३५५ रुपैयाँमा कारोबार भएको छ ।


क्लिकमान्डु