महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले तुलसीपुरमा कार्यरत रहेका र मोटरसाइकल दुर्र्घटनामा परेर निधन भएका किसोर कुमार बडुको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

बैतडी शाखामा आयोजना गरेको एक कार्यक्रममा बैंकले मृतकका परिवारलाई ७ लाखको आर्थिक सहयोग गरेको हो । बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्ययाले २५ हजार रुपैयाँ व्यक्तिगत तर्फबाट सहयोग गरे ।


क्लिकमान्डु