काठमाडौंमा घरमा बस्ने इच्छा ३७ लाखमै पुरा



काठमाडौं । काठमाडौंमा घरमा बस्ने इच्छा ३७ लाख रुपैयाँमा नै पुरा भएको छ । काठमाडौंमा विभिन्न कम्पनीले अपार्टमेन्ट ३७ लाख रुपैयाँबाट उपलब्ध गराउका छन् ।

उपत्यकाभित्र विभिन्न कम्पनीहरुले अपार्टमेन्ट निर्माण गरी बिक्री वितरण गर्दै आएका छन् । ३७ लाख रुपैयाँदेखि १ करोड ५४ लाख रुपैयाँसम्मका अपार्टमेन्ट विक्री भइरहेको छ ।

काठमाडौंमा जारी घरजग्गा मेलामा सिभिल होमले ३७ लाखमा नै अपार्टमेन्त्र बिक्रीको अफर ल्याएको हो ।

सिभिल होम्सले ३७ लाख रुपैयाँमा अपार्टमेन्ट विक्रीका लागि राखेको हो । धापाखेलमा रहेको उक्त अपार्टमेन्टमा बेडरुम, हल र किचेन रहेको छ ।

यस्तै धापासीमा तीन बेड रुम, हल र किचेन भएको अपार्टमेन्ट १ करोड ३ लाख रुपैयाँमा बिक्रीका लागि राखिएको सिभिल होम्सले जानकारी दिएको छ ।

यसैगरी गोदावरीमा १ करोड ५५ लाख रुपैयाँमा घर विक्रीका लागि राखिएको छ । ४ आनामा बनेको साँढे २ तल्ले घर २ करोड ८० हजार रुपैयाँसम्ममा विक्री भइरहेको छ ।

क्लासिक अपार्टमेन्टले ३२ वटा अपार्टमेन्ट विक्रीका लागि राखेकोमा सबै विक्री भइसकेको जनाएको छ । २ बेडरुम, हल र किचेन भएको अपार्टमेन्ट ७५ लाख रुपैयाँमा विक्री भइरहेको जानकारी दिइएको छ । क्लासिक अपार्टमेन्टले १ करोड ५४ लाख रुपैयाँसम्मको अपार्टमेन्ट विक्रीका लागि राखेको हो ।

डाउनटाउन अपार्टमेन्टमा एउटा बेड रुम, हल र किचेन भएको अपार्टमेन्ट ५८ लाख रुपैयाँमा विक्री भइरहेको छ । ४७० स्क्वायर फिटमा बनेको यो अपार्टमेन्ट बुकिङको लागि खुल्ला छ ।

१२ रोपनीमा बनेको धापाखेलको अपार्टमेन्टमा १ हजार ५ सय ५४ स्क्वायर फिटमा बनेको ३ वटा बेडरुम भएको अपार्टमेन्टको मूल्य १ करोड १० लाख रुपैयाँ रहेको छ । २ वटा बेडरुम भएको अपार्टमेन्ट भने ९६ लाख रुपैयाँमा विक्रीका लागि राखिएको छ ।

साउथर्न ग्रीनले ९५ लाख रुपैयाँमा घर विक्रीका लागि राखेको छ । २.७५ आनामा बनेको साँढे २ तल्ला घर बज्रबाराहीमा रहेको छ । यस्तै ३.५ आनामा बनेको साँढे २ तल्ले घरको मूल्य १ करोड २० लाख रुपैयाँ रहेको छ । यस्तै, ५ आनामा बनेको घरको मूल्य १ करोड ७७ लाख रुपैयाँ रहेको सेल्स म्यानेजिङ एक्जुभिटर अस्मिता ढुङ्गेलले बताइन् ।

उनले बज्रबाराहीमा ९५ वटा घर बन्न लागेको बताइन् । बुकिङ पूरा भएपछि मात्र कोलोनीका रुपमा घर बनाउन सुरु गरिने ढुङ्गेलले बताइन् ।

ग्रीनहिल सिटीले मूलपानी र इमाडोलमा घरहरु विक्री गरिरहेको छ । ४ आनामा बनेको घरको २ करोड देखि २ करोड ५० लाख रुपैयाँसम्म मूल्य रहेको ग्रीनहिलले जानकारी दिएको छ ।

रोड शो रियलस्टेटले ३ करोड ६० लाख रुपैयाँमा २ वटा हाउजिङका घरहरु विक्री गरिरहेको छ । छ आनामा बनेको घरको मूल्य ३ करोड ६० लाख रुपैयाँ तोकिएको छ । घर पूरा फिनिसिङ सहित उपलब्ध गराइने रोड शो रियलस्टेटले जानकारी दिएको छ ।

यस्तै, डाउनटाउनले इमाडोलमा क्षेत्रमा ३ आनामा बनेको घर २ करोड ३५ लाख रुपैयाँमा विक्री गरिरहेको छ । ४ आनामा बनेको घर २ करोड ८२ लाख रुपैयाँ र १० आनामा बनेको घर ६ करोड रुपैयाँ बढीमा विक्री गरिरहेको डाउनटाउनले जानकारी दिएको छ ।


क्लिकमान्डु