नेप्से परिसुचक १४.०७ अंकले घट्यो, २४ करोडको कारोबार




काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०७ अंकले घटेको छ । परिसूचक १.१३ प्रतिशतले घटेर १२३३.२३ विन्दुमा पुगेको हो ।

आज १ सय ५८ कम्पनीका ६ लाख ६४ हजार ५ सय २१ कित्ता सेयर खरिद विक्री भएका छन् । नेप्सेमा २४ करोड ५० लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंककिङ समूह १२.५१, विकास बैंक समूह १२.९९, जलविद्युत समूह २७.०५, वित्त समूह ६.५२, बीमा समूह ७२.४, उत्पादन मूलक समूह ७.२३, लघुवित्त समूह २०.७६ र अन्य समूह ९.१३ अंकले घटेका छन् । यस्तै होटल समूह २८.९५ अंकले बढेको हो ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी सेयर कारोबार भएको छ । संस्थाको २ करोड २७ लाख रुपैयाँको सेयर खरिद विक्री भएको हो ।

राधी जलविधुत कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले कमाइ गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले ६.७९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु