नेपाल बैंकको ५ अर्बको एफपिओ स्विकृत



काठमाडौं । नेपाल बैंकले जारी गर्न लागेको थप सार्वजनिक निष्कासन(एफपिओ) स्विकृत भएको छ ।

धितोपत्र बोर्डले नेपाल बैंकलाई १ करोड ७६ लाख कित्ता एफपिओ बिक्री गर्न अनुमति दिएको हो ।

नेपाल बैंकले प्रतिकित्ता २८० को दरले एफपिओ बिक्री गर्न लागेको हो । बैंकले ४ अर्ब ९५ करोड रुपेयाँ बराबरको एफपिओ जारी गर्ने छ ।

एनएमबि बैंकको सोचे अनुसारको एफपिओ बिक्री नभएको समयमा नेपाल बैंकको पनि एफपिओमा साधरण लगानीकर्ताले पैसा हाल्ने सम्भावना कम छ ।


क्लिकमान्डु