ज्योति रेमिट को लागि एनआईसी एयिशा र सेन्चुरी बैंक लिमिटेड संग सम्झौता



ज्योति विकास बैंकले एनआईसी एशिया र सेन्चुरी बैंकसँग ज्योति रेमिट संचालन गर्न सम्झौता गरेको छ ।

छुट्छुटै सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमूख बलदेव थापा र एनआईसी एशिया बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर जयन्द्र रावलले हस्ताक्षर गरे ।

सम्झौता पश्चात एनआईसी एशिया बैंकका देशभर सञ्चालनमा रहेका २३३ वटा शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन , भूक्तानी गर्न , खातामा जम्मा गर्न सकिने छ भने ज्योति विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५५ वटा शाखा कार्यालयबाट एनआईसी एशिया रेमिटमार्फत सेवा उपलब्ध हुदै आएको छ ।

त्यस्तै ज्योति विकास बैंक सेन्चुरी बैंकबीच पनि “ज्योति रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । ज्योति विकास बैंक लिमिटेडको तर्फबाट संचालन विभाग प्रमूख श्री बलदेव थापा र सेन्चुरी बैंक लिमिटेडको तर्फबाट प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात सेन्चुरी बैँकका सम्पुर्ण शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।


क्लिकमान्डु