सिल्भर हेरिटेज ग्रुपबाट बाहिरिए राजेन्द्र बजगाई



काठमाडौं । भैरहवामा निर्माण भएको टाइगर प्यालेस अर्थात पहिलो इन्टिग्रेटेड रिसोर्टमा लगानी रहेको सिल्भर हेरिटेज ग्रुपबाट व्यवसायी राजेन्द्र बजगाई बाहिरिएका छन् ।

राजेन्द्र बजगाई र उनका भाइ नबराज बजगाईले सिल्भर हेरिटेजको सहायक कम्पनी एसएचएल म्यानेजमेण्ट सर्भिसेज अर्थात द मिलियनर्स क्यासिनो सञ्चालन काठमाडौं र टाईगर प्यालेस रिसोर्टमा क्यासिनो सञ्चालन गर्दै आएका थिए ।

दाजु भाइले नै सिल्भर हेरिजेटर र क्यासिनो कम्पनीमा रहेको सबै शेयर बिक्री गरेको हुन । राजेन्द्र बजगाईले ग्रुप छोडि पुनः गोर्खा इन्काउन्टर्स को प्रबन्ध निर्देशक पदमा फर्केको सिल्भर हेरिटेजको भनाइ छ ।

ग्रुपले बजगाईलाई बधाई तथा शुभकामना समेत दिँदै आन्तरिक पर्यटनको क्षेत्रमा नयाँ गन्तव्य स्थापनाको लागि गरेको सहयोगको प्रशंन्सा समेत गरेको छ ।

बजगाई प्रदेशसभा निर्वाचनमा गोरखाबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएपनि पराजित भएका थिए ।


क्लिकमान्डु