वैदेशिक रोजगार विभागका अनुगमन अधिकृत घुस लिँदालिँदै पक्राउ

क्लिकमान्डु २०७५ जेठ ३१ गते १८:५५ मा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगार विभागमा अनुगमन अधिकृत रामप्रसाद ढुंगाना घुस लिँदालिँदै पक्राउ परेका छन् । सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढुंगानालाई पक्राउ गरेको हो ।

उनले सेवाग्राहीसँग विज्ञापन मापदण्ड नमिलेको भन्दै घुस लिएका थिए । उनलाई अख्तियारले कार्यलयको मिटिङ रूमबाट रकम लिँदै गरेको अवस्थामा रङेहात पक्राउ गरेको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स