ज्योति विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेड बीच रेमिटेन्स सम्झौता

क्लिकमान्डु २०७५ जेठ ३१ गते १६:०४ मा प्रकाशित

काठमाडौं । ज्योति विकास बैंक लि. र लुम्बिनी विकास बैंक लि. बिच मिति २०७५ जेष्ठ ३१ गते रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैँक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँक को ५५ वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ५ शाखा संचालनमा आउदैछन ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस