एनआईसी एशिया बैंकको खोल्यो कञ्चनपुरको बेदकोट र महोत्तरीको सम्सीमा शाखा



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना दुई नयाँ शाखा बेदकोट नगरपालिका, वडा नं ५, दैजि, कञ्चनपुरमा तथा सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा खोलेको छ ।

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द बेदकोट शाखाको र सम्सी गाँउपालिकाका अध्यक्ष मो. शेख फारुकज्यूबाट सम्सी शाखाको उद्घाटन गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।


क्लिकमान्डु