नेप्से परिसुचक २.८१ अंकले बढ्यो, २० करोडको कारोबार



काठमाडौं । लगातार घट्दो क्रममा देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज भने हरियाली देखिएको छ । नेप्से परिसुचक आज (बुधबार) २.८१ अंकले बढेको हो ।

परिसूचक ०.२३ प्रतिशतले बढ्दा १२४२.०७ विन्दुमा पुगेको हो ।
आज १ सय ६१ कम्पनीका ६ लाख २० हजार ८ सय १९ कित्ता सेयर खरिद विक्री भएको छ ।

समग्र नेप्सेमा २० करोड ८५ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंककिङ समूह २.४३, ट्रेडिङ समूह ०.३४, होटल समूह १७.६४, विकास बैंक समूह ६.८४, जलविद्युत समूह ८.३४, वित्त समूह २.२२, बीमा समूह १८.६६, उत्पादन मूलक समूह ११.६४ र लघुवित्त समूह ०.३२ समूह बढेका हुन् ।
अन्य समूह भने ३.१७ अंकले घटेका छ ।

आज गरिमा बिकास लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै कारोबार गरेको छ । संस्थाले आज १ करोड ३५ लाख ४४ हजार रुपैयाँको ट्रन्ओभर गरेको हो ।


क्लिकमान्डु