सिटिजन्स बैंक र मेडिसिटी अस्पताल बिच सहकार्य



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पताल, भैसेपाटी बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा आयोजित उक्त समारोहमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक ग्राहकले लेनेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत सम्म छुट पाउँनेछन् ।


क्लिकमान्डु