आइएमईले १८औं वार्षिकोत्सव मनायो



काठमाडौैं । आइएमई स्थापनाको १७ वर्ष पार गरेर १८ वर्षमा प्रवेश गरेको छ ।

स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेकोछ।

१८ औ वार्षिक उत्सवलाई साझेदारीको भन्ने मुल नाराका साथ वार्षिक उत्सव मनाएको हो ।

आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।

१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमईको व्यावसायिकयात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए ।

आइएममई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीप विकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास होसभन्ने शुभकामना व्यक्त गरे ।

वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरे ।

कार्यक्रममा १८औँ वार्षिकोत्सवका दिनसम्म दशवर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्धनिर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरे ।

१८औँ वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताकाविजेता तथा उपविजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न एघार विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीहरू सम्मानित भएका थिए ।


क्लिकमान्डु