एनएमबिको एफपिओ आजदेखि



काठमाडौं । एनएमबि बैंकको थप सार्वजनिक निष्कासन(एफपिओ) आजदेखि खुलेको छ ।

एनएमबि बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गर्न लागेको हो । बैंकले १ सय रुपैयाँ अंकित मुल्यमा २३३ रुपैयाँ थप गरेर प्रतिकित्ता ३३३ रुपैयाँको दरले एफपिओ निष्कासन गरेको हो ।

३३३ रुपैयाँले एफपिओ निकालेको एनएमबिको दोस्रो बजारमा भने ३६७ रुपैयाँमा कारोबार भएको छ ।

बैंकका अनुसार एफपिओ जेठ ३० देखि असार ३ गतेसम्म बिक्री खुल्ला हुने छ । त्यो अवधीमा बिक्री नभएमा भने बिक्री अवधी थप हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार एफपिओमा न्यूनतम १० कित्तादेखि अधित्तम ५६ हजार ७० कित्तासम्म आवेदन दिन सकिने छ । निष्कासन तथा बिक्री प्रवन्धकमा नागरिक लगानी कोष रहेको छ ।

यसको एफपिओ सि आस्वाबाट प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय तथा मेरो सेयर प्रयोगकर्ताले घरमा बसेर भर्न सक्ने छन् ।

एफपिओ निष्कासनपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधरणको ४९ प्रतिशत सेयर स्वामित्व हुने छ ।

एफपिओपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ हुन्छ । प्रिमियममा जारी भएको एफपिओबाट बैंकले २ अर्ब ६५ करोड संकलन गर्न सक्छ ।
नेदरल्याण्डको एफएमओ विदेशी साझेदार रहेको बैंकको वित्तीय अवस्था सन्तोषजक छ ।


क्लिकमान्डु