गण्डकी विकास बैंक लिमिटेडको अध्यक्षमा सुशिल गौचन चयन

क्लिकमान्डु २०७५ जेठ २९ गते १९:०० मा प्रकाशित

काठमाडौं । गण्डकी विकास वैक लिमिटेडको अध्यक्षमा सुशिल गौचन चयन भएका छन् ।

दशौ वार्षिक साधारण सभाले संस्थापक तर्फ सुशिल गौचन, पद्य प्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारण तर्फ नारायण बहादुर बानिया, कृष्ण वहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी समेत ६ जना संचालकहरुको निर्विरोध निर्वाचित गरेको छ ।

उक्त निर्वाचन पश्चात बसेको बैंकको पहिलो सञ्चालक समितिको बैंठकले संचालक समितिको अध्यक्ष पदमा सुशिल गौचनलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस