‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा गरिमा विकास बैंक र मितेरी डेभलपमेण्ट बैंक बीच सम्झौता



काठमाडौंँ । गरिमा विकास बैंक र मितेरी डेभलपमेण्ट बैंक बीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

गरिम विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मितेरी डेभलपमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात मितेरी डेभलपमेण्ट बैंकका १५ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने छ ।


क्लिकमान्डु