सेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्याउनु पर्छः उत्तम अर्याल




काठमाडौं । नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्याउन माग गरेका छन् ।

अहिले १८० दिनको कारोबारको औसत मूल्यको ५० प्रतिशतसम्म सेयर धितोमा कर्जा दिन पाइने ब्यवस्था छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको लागि ल्याउन लागेको मौद्रिक नीतिको सुझाव माग्न आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष अर्यालले यस्तो माग गरेका हुन् ।

उनले गभर्नर डा. चिरन्जीबी नेपाल पुँजी बजारप्रति सकारात्मक ब्यक्ति भएकोले काम गरेर देखाउने अवसर आएको भन्दै पुँजी बजारको सुधारका लागि यस्तो ब्यवस्था आवश्यक रहेको पनि बताए ।

‘गभर्नर साब यसअघि धितोपत्र बोर्डको अध्यक्ष पनि बनिसक्नु भएको ब्यक्ति हो, उहाँ पुँजी बजारप्रति एकदमै सकारात्मक ब्यक्ति हुनुहुन्छ, अहिले सेयर बजार एकदमै अप्ठेरो अबस्थामा छ, यस्तो बजारलाई सहयोग गर्न सेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्याउनु पर्छ, गभर्नर साबलाई अहिले केही काम गरेर देखाउने मौका भएकोले यस्तो ब्यवस्था गरिदिनुस्,’ अध्यक्ष अर्यालले भने ।


क्लिकमान्डु