शिवम सिमेन्टद्वारा फिफा विश्वकप २०१८–भविष्यवाणी कार्यक्रम संचालन



काठमाडौं । शिवम् सिमेन्टले आगामी फिफाविश्वकप २०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजना अन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्न गइरहेको छ ।

हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्न सक्ने छन् ।

यस खेलमा सहभागीहुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रेडिक्ट एण्ड विन पोस्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्य बाणी गर्नुपर्ने छ ।

हरेकदिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोलाप्रथाद्वारा विजेता घोषणा गरिने छ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिस मा आएर पुरस्कार प्राप्त गर्न सक्ने सिमेन्टले जनाएको छ ।


क्लिकमान्डु