आपँ खादै हुनुहुन्छ ? विषादी हालेको आँप बजारमा, स्वास्थ्यमा यस्तो असर गर्छ



काठमाडौं । शहर बजारमा यतिखेर आपँ छ्यापछ्याप्ती दख्न सकिन्छ । आपँको सिजन सुरु नभएपनि बजारमा व्यापारीले राम्रो मूल्य पाउने भएपछि विषादी हालेर पकाएको आपँ बजारमा बिक्री वितरण गरिरहेका छन् ।

बजारमा अहिले रसायन हालेर पकाइएका आँप छ्यापछ्याप्ती पाइन्छन् । नेपालमा उत्पादन हुने आँप पाक्ने सिजन शुरु भने भइसकेको छैन । असारको पहिलो सातादेखि नेपाली आपँ बजारमा आउन थाल्छन् । अहिले भने भारतीय आपँ बजारमा छ्यापछ्याप्ती पाइन्छ ।

भारतबाट ल्याइएको काँचो आँपमा रसायन हालेर पकाइन्छ र सो रसायन शरीरका लागि हानिकारक हुन्छ । यो रसायनलाई त्यसैले विषादी भनिएको हो । रसायन वा विषादी हालेर पकाइएका आँपहरु खान नहुने चिकित्सकहरुले सुझाव दिएका छन् ।
आँप पकाउन क्याल्सियम कारबाइड नामको रसायन प्रयोग गरिन्छ ।

जसले मुटुरोग निम्त्याउन सक्ने तथा कलेजो र मष्तिष्कमा समेत असर गर्ने चिकित्सकहरु बताउँछन । आपँ देख्न साथ खाउखाउ लाग्न जस्तै हुन्छ ।

आँप उत्पादन गर्ने किसान र व्यापारीले यतिबेला खुलेआम कारबाइड हालेको आँप बिक्री गरिरहेका छन् । कारबाइडमा रहेको कार्बनडाअक्साईड र हाईड्रोजनले अक्सिजनको मात्रालाई सोसेर २४ घण्टामै आँपलाई पकाइदिन्छ ।

उनीहरुले आँपलाई टिपेर बोरामा पोको पारी पकाउने, बढी तापक्रममा राखेर पकाउने तथा विभिन्न विषादीहरुको प्रयोग गरी पकाएर बजार पठाउने गर्छन् । यसरी पाकेको आँप खाँदा पेटसम्बन्धी रोग समेत लाग्ने बढी सम्भावना हुन्छ । आपँ बढी खाएको समयमा निद्रा लाग्ने हुन्छ ।

कृत्रिम तरिकाले पकाइएको आँपमा किराको वृद्धि छिटो हुने र यस्तो आँप खाँदा शरीरमा गडबढी आउँछ । बजारमा आउने आँपहरुमा इथाइलिन अक्साईड जस्ता नेचुरल प्लान्ट हर्मोनको प्रयोग गरी पकाईएको छ भने यसले मानव शरीरमा खासै असर गर्दैन । यसरी पकाउँदा विषादीको मात्रा न्यून रहन्छ । तर स्वादमा भने केहि कमी हुन्छ ।

मधुमेहदेखि अन्य धेरै रोगका रोगीसम्म जसले पनि आँप सेवन गर्न मिल्छ । तर सेवन गर्न मिल्ने भन्दैमा बढी खान नहुने चिकित्सकहरु बताउँछन् ।

आँपमा हाम्रो शरीरलाई चाहिने धेरै प्रकारका तत्वहरु हुन्छन् । विभिन्न खनीजहरु, भिटामिन ए, भिटामिन बी, भिटामिन ई लगायतका पहेंला फलफूलमा पाईने लगभग सबै प्रकारका तत्वहरु आँपमा पाईन्छन् ।

विषादी प्रयोग गरी पकाईएको आँपले कस्तो असर गर्छ त ?

-यस्तो आँप खाँदा यसले मुटु, कलेजो र मष्तिष्कमा असर
-ज्वरो आउने, टाईफाइड रोग लाग्न सक्ने र वाकवाकी लाग्ने
-जीउ दुख्ने, झाडापखाला लाग्ने
-आलस्यता बढने र कमजोर फिलिङ हुने
-मांशपेसी दुख्ने


पुष्प दुलाल