अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किमबीच वार्ता सुरु



विश्वको राजनीतिमा निकै ऐतिहासिक मानिएको अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र उत्तर कोरियाका शासक किम जोम उनबीच भेटवार्ता सुरु भएको छ ।

सिंगापुरमा अहिले भेटवार्ता सुरु भएको हो । दुईनेता वार्ता गर्नु अगाडि मिडियामा हात मिलाएको फोटो सार्वजनिक भएको छ । जसलाई विश्व राजनीतिमा निकै दुर्लभ घटनाको रुपमा लिइएको छ ।

उत्तर कोरिया स्थापना भएपछि पहिलो पटक उत्तर कोरिया शासक र अमेरिकी राष्ट्रपतिबीच भेट भएको हो । दुईबीच वार्तामा हुने छलफल र सहमतिले विश्वको राजनीतिलाई नयाँ ढंगले अगाडि बढाउने छ ।

विश्वभर नै यो भेटलाई निकै चासोका साथ हेरिएको छ ।


क्लिकमान्डु