एनआईसी एशिया बैंकले खोल्यो २ नयाँ शाखा र शाखा रहित बैकिङ सेवा



काठमाडौं । एनआईसी एशिया बैंकको सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं ५, बरहथवामा स्थापित बरहथवा शाखा र बागमती नगरपालिका वडा नं १२, बागमतीमा स्थापित बागमती शाखाको उद्घाटन गरेको छ ।

बरहथवाका उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जन प्रसाद दासबाट बरहथवा शाखा र बागमती नगरपालिकाका मेयर भरत कुमार थापाबाट बागमती शाखाको उद्घाटन भएको छ ।

बैंकले झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवांै शाखारहित बैंकिङ्ग सेवा जेष्ठ २७ गतेबाट संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा राजमणि पौडेललाई नियुक्त गरिएको छ ।


क्लिकमान्डु