माछापुच्छे  बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा



काठमाडौं । माछापुच्छे  बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्माले कार्यभार सम्मालेका छन् ।

२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।

सो पश्चात शर्माले एनएमबि बैंक र माछापुच्छे  बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

माछापुच्छे बैंकमा यस अघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गर्नुु भएका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।


क्लिकमान्डु