सार्वजनिक स्थलमा विश्वकप देखाउन सुरक्षा निकायसंग अनुमति लिनुपर्ने



काठमाडौं । विश्वकप नजिकिदैँ गर्दा जिल्ला प्रशमासन कार्याैलयले सार्वजनिक स्थलमा फुटबल देखाउनको लागि स्थानीय सुरक्षा निकायसंग समन्वय गर्न निर्देशन दिएको छ । विश्वकपका खेल विभिन्न होटल, रेष्टुरेण्ट तथा फुटबल क्लब र युवा क्लबले सार्वजनिक स्थलमा  देखाउने गर्छन् ।

प्रशासन कार्यालयले जारी गरेको सूचनामा सार्वजनिक स्थलमा देखाईन फुटबल हेर्नको लागि कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाईने बताईएको छ ।
प्रशासन कार्यालयले निजी व्यवसायी तथा प्रतिष्ठानले विश्वकप देखाउने स्थानमा अनिवार्य रुपमा सिसिटीभी जडान गरिएको हुनुपर्ने समेत बताएको छ ।
विश्वकप अवधिभर जुवा, सट्टेबाजी, लगानी तथा कारोबार नगराउन पनि प्रशासन कार्यालयले सबैलाई चेतावनी दिएको छ ।

विश्वकप देखाईने स्थान वरिपरिमादक पदार्थ विक्रि वितरण, ओसार पसार र सेवन गर्न समेत प्रतिबन्ध लगाईएको छ ।

खेल देखाउने स्थलमा कुनै पनि निजी तथा सार्वजनिक सम्पतीमा क्षति भएमा फुटबल प्रर्दशनी गर्ने आयोजकले व्योहोनुपर्ने प्रशासन कार्यालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।


पुष्प दुलाल