एनआईसी एशियाले १२ प्रतिशत ब्याजदरमा निक्षेप लिने



काठमाडौं । एनआईसी एशियाले १२ प्रतिशत ब्याजदरमा निक्षेप  लिने भएको छ ।

बैंकले धनवर्षा मुद्दती निक्षेप योजनानाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने जनाएको छ ।
यस अघिपनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्चव्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ल्याएको थियो ।

यस योजनाअन्तर्गत देशभर रहेकाएनआई सी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाताखोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने छ । बैंकको २१८ शाखाबाट यो सुविधा लिन सकिन्छ ।


क्लिकमाण्डू