गण्डकी विकास बैंकको बोनस सेयर पारित



काठमाडौं । गण्डकी विकास वैकले सेयरधनीलाई दिने भनेको बोनस सेयर साधारणसभाले पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७३/ ७४ सम्मको संचित मुनाफावाट कुल चुक्ता पूंजीको १९.३१ प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरणपश्चात बैंकको कुल चूक्तापूँजी २ अर्ब ७५ करोड पुगेको छ ।

साधारणसभाले ४ वर्षको लागि संचालक समिति समेत चयन गरेको छ ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट पद्यप्रसाद पौडेल, सुशिल गौचन र किशोर ओझा छन् भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणबहादुर बानिया, कृष्ण वहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी छन् ।


क्लिकमाण्डू