एफपिओ बिक्री गर्न लागेको नेपाल बैंकको सेयर मुल्य घटेपछि उच्च व्यवस्थापन झस्कियो



काठमाडौं । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकले सर्वसाधरण सेयरधनीका लागि थप सार्वजनिक निष्कासन(एफपिओ) बिक्री गर्न लागेको छ ।

सरकारको हिस्सेदारी ५१ प्रतिशतमा झार्नको लागि १ करोड ७६ लाख कित्ताको एफपिओ निष्कासन गर्ने तयारी नेपाल बैंकको छ ।

बैंकले एफपिओ निष्कासनको लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा समेत आवेदन दिइसकेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा १८० रुपैयाँ थप गरेर प्रतिकित्ता २८० मा एफपिओ बिक्री गर्ने प्रस्ताव पेश गरेको छ । बोर्डले भने यसको अनुमति दिएको छैन ।

एफपिओको मुल्य प्रस्ताव भएपछि लगातार नेपाल बैंकको सेयर मुल्य घटेको छ । नेपाल बैंकले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले नेपाल बैंकको अधिकांश सूचकहरु बलियो भएपनि ‘अद्भुत शक्ति’को कारण दोस्रो बजार९पूँजी बजार०मा बैंकको सेयर मूल्य उच्च हुन नसकेको बताए।

‘ अरु वाणिज्य बैंकको तुलनामा वित्तीय रुपमा राम्रो भएपनि नेपाल बैंकको दोस्रो बजारको मुल्य अस्वभाविक छ, अद्भुत शक्तिको असर यसमा परेको छ’शाहाले भने ।

नेपाल बैंकले २१ वर्षदेखि सेयरधनीलाई लाभांश दिएको छैन । विगतमा बुटवल पावर कम्पनीले प्रतिकित्ता ५०१ दरले एफपिओ बिक्री गर्दा एफपिओ बिक्री भएको थिएन । बुटवल पावरको सेयर मुल्य एफपिओ सूचिकृत नहुँदै ५०१ बाट तल झरेको थियो ।

निरन्तर सेयर मुल्य घटेको कारण बैंक कार्यकारी अधिकृत शाहले सेयर मुल्य उच्च नहुँनुको कारण अद्भुत शक्तिलाई लगाएका छन् ।

उनले पत्रकार सम्मेलनमा एफपिओ जारी भएपछि ३२ प्रतिशत बोनस सेयर दिन सकिने जानकारी दिए ।

उनले बैंकको सन्चित घाटा समाप्त भएको र हरेक वर्ष लाभांश दिन सक्ने भएको जानकारी दिए । बैंकले निष्कासन गर्न लागेको एफपिओलाई क्रेडिट रेटिङमा ३ प्लस दिइएको छ ।


क्लिकमान्डु